साङ्घाई मेडिकल हलका सञ्चालक तथा चितवनका वरिष्ठ औषधि विज्ञ दिनेश पौडेलले नेपालीहरूको महान् पर्व बडादसैँ, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सहकार्यको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
विभिन्न जातजाति, भाषा, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा चाडपर्वले पारिवारिक आत्मीयता र सामाजिक सद्भाव बढाउनुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने उहाँको विश्वास छ।
औषधि व्यवसायमार्फत स्वास्थ्य सेवामा योगदान पुर्याउँदै आउनुभएका पौडेलले यस पर्वले सबै नेपालीको जीवनमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामनासमेत गर्नुभएको छ।
