नेपालीहरूको महान् पर्व बडा दशैंको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आज मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाउने परम्परा छ।
Advertisement
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत खोज्न आवश्यक नरहेको समितिले जनाएको छ।
यस पर्वमा परिवार तथा आफन्तबीच भेटघाट गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित आशीर्वाद लिने गरिन्छ।
