चितवनको माडी हुँदै पर्साको ठोरी जोड्ने हुलाकी सडकअन्तर्गत राष्ट्रिय निकुञ्जको जङ्गल खण्ड साँघुरो र कालोपत्रे नहुँदा यात्रुहरूले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै पर्सा राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रसँग जोडिने उक्त सडकमा दैनिक साना तथा ठूला गरी करिब दुई सयभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। साँघुरो सडकका कारण सवारी सञ्चालनमा कठिनाइ हुनुका साथै जङ्गलको बाटोमा वन्यजन्तुको त्राससमेत रहने गरेको छ।
भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक (राप्तीको पुलदेखि रिउ खोला) सम्मको सडक खण्ड कालोपत्रे गर्ने विषय चर्चामा आइरहँदा ठोरी निस्कने जङ्गलको सडक फराकिलो र कालोपत्रे गर्ने विषयमा सरकारको ध्यान नपुगेको भन्दै सामाजिक सञ्जालमा तीब्र असन्तुष्टि बढेको देखिन्छ ।
यसअघि जोखिमपूर्ण यात्राको विकल्पका रूपमा बगई–प्याउली–कुसुमखोला–बाँदरझुला हुँदै ठोरी जोड्ने वैकल्पिक हुलाकी सडकखण्ड निर्माणको मागसमेत उठ्दै आएको थियो ।
#PRD0830711
(फोटो एआईको सहायतामा)
