नेपाल र भारतबिच पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सहकार्य विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आइतबारदेखि सुरु हुँदैछ ।
कार्यक्रमका लागि भारतका विभिन्न सहरबाट आएका पर्यटन तथा ट्राभल व्यवसायीको टोलीलाई दिउँसो ३ बजे सुनौली सीमा नाकामा स्वागत गरिने भएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचनले नेपाल र भारतबिच पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।चितवन आइपुगेका शेरचनले व्यावसायिक भेटघाट र अन्तरक्रियाले दुई देशबीच पर्यटन प्रवर्द्धन, लगानी विस्तार तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबीच पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,’ उनले भने ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा हुने कार्यक्रमको उद्घाटन एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष शेरचन, भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंह र लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेलबासेले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।
कार्यक्रमले नेपाल र भारतबीच पर्यटन सहकार्य, व्यावसायिक
