वार्सा । पोल्याण्डमा रहेका नेपाली नागरिकलाई राहदानी सेवा सहज बनाउने उद्देश्यले बर्लिनस्थित नेपाली राजदूतावासले सञ्चालन गरेको ई–पासपोर्ट नवीकरण घुम्ती शिविरमा दोस्रो दिन १०४ जनाले सेवा लिएका छन्।
नोभेम्बर २७ देखि डिसेम्बर २, २०२६ सम्म सञ्चालन हुने शिविरमा दोस्रो दिन ८२ पुरुष, १३ महिला र ९ बालबालिका गरी १०४ जनाले राहदानीसम्बन्धी सेवा लिएका हुन्।
पोल्याण्डका विभिन्न स्थानमा रहेका नेपालीलाई जर्मनीसम्म पुग्नुपर्ने बाध्यता हटाउँदै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरलाई NRNA Poland लगायत नेपाली संघसंस्था, स्वयंसेवक तथा स्थानीय अभियन्ताहरूले समन्वय र सहजीकरण गरिरहेका छन्।
शिविर व्यवस्थापनले भोलि सेवा लिन आउने सेवाग्राहीले बर्लिन एबिसीले फेसबुक पेजमार्फत सार्वजनिक गरेको नामावली हेरी आफ्नो नामअनुसार तोकिएको समय र व्यवस्थाअनुसार उपस्थित हुन आग्रह गरेको छ।
शिविरले नेपाली नागरिकको समय, यात्रा खर्च र झन्झट कम गर्नुका साथै दूतावास र नेपाली समुदायबीचको सहकार्यलाई थप मजबुत बनाएको छ। पोल्याण्डमा रहेका नेपाली नागरिकका लागि यस्ता घुम्ती सेवाले राहदानीसम्बन्धी सेवा लिन सहजता थपेको देखिन्छ।
