चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत टी–२० आई क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनकाे फराकिलो रनले पराजीत गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो । जसका लागि नेपालका अलराउण्डर कुशल मल्लले ५० बलमा १३७ रनको जोडे भने दिपेन्द्र सिंह ऐरीले किर्तिमान कायम गर्दै १० बलमा अविजित ५२ रन जोडे । यो नेपालको टि–२० इतिहासकै उच्च योगफल हो ।
नेपालका कुशल मल्ल ३४ बलमा सर्वाधिक छिटो शतक पूरा गर्ने खेलाडी समेत बनेका छन् भने दिपेन्द्र सिंह ऐरी ९ बलमा छिटाे अर्धसतक बनाउने खेलाडि बनेका छन् । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक हानेका थिए ।
जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भएको १९ औं एशियाली खेलकुद अन्तरगत नेपालले दिएको ३१५ रनको लक्ष्य पक्ष्याएको मंगोलियाले १३.१ ओभरमा अल आउट हुँदै ४१ रन मात्र बटुल्न सक्यो ।
#PRD800610 #Cricket