नारायणगढको क्याम्पाचौरमा शनिवारदेखि रैथाने फुड फेस्टिबल एवम् वृहत सांस्कृतिक कार्यक्रम सुरु भएको छ । होटल व्यवसायी संघ चितवनको आयोजनामा भएको फुड फेस्टिबलको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् ।
फुड फेस्टिबलको उद्घाटनका दिन कलाकारहरु सागर लम्साल बले’, पशुपती शर्मा, प्रिती आले र ढाकाराम पौडेलले प्रस्तुती दिए । पुस १८ गतेसम्म चल्ने फुड फेस्टिबलको शनिबार उत्साहका साथ उद्घाटन गरिएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले बताए । फुड फेस्टिबलमा भोलि पुस १५ गते स्वप्न सुमन र पुस १६ गते द स्याडोज ब्याण्डको विशेष प्रस्तुती रहनेछ । यी दुई दिन ३०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
फुड फेस्टिबल परिसरमा खानेपानी तथा शौचालयको उचित प्रबन्ध गरिनुको साथै फ्रि वाइफाई र निःशुल्क पार्किङको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।