माडी माइतीघर, नेपाल ले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले तीन विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ।
संस्थाकी अध्यक्ष मनरुपा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री दक्षिण कालिका आधारभूत विद्यालय, श्री राष्ट्रिय आधारभूत विद्यालय र श्री आधारभूत विद्यालय लाई कम्प्युटर हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको बताउनुभयो। कार्यक्रममा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट का प्रिन्सिपल प्रा. डा. ई. हरि भण्डारीद्वारा उपलब्ध गराइएको कम्प्युटर सहयोगप्रति आभार व्यक्त गरिएको थियो।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख तारा काजी महतो लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षासेवी, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

