माडी – ३ काे रतनी र सिमरा जोड्नेगरि रिउ खोलामा बन्न लागेको झोलुङगे पुलकाे काम कछुवा गतिमा चलिरहेकाे छ ।
Advertisement
सस्पेन्सन ब्रिज डिभिजनले २०७८ मंसिरबाट निर्माण सुरु गरेको सो झोलुंगे पुलकाे काम पटक-पटक म्याद थप्दै सारिएकाे छ । करिब २ करोड ४५ लाख लागतमा बन्न लागेको सो पुल २३० मिटर लम्बाई र ३ फिट चौडाइको हुने कम्पनिका सुपरभाइजर सन्देश पोख्रेलले जनाएका छन् ।
माडी –३ का करिब १०० घरधुरी सिमाराबासिलाई वर्षात को समयमा एम्बुलेन्स, अटो, ट्र्याक्टर लगायत खाद्यन्न बोक्ने चारचक्के गाडी वारपार गर्न पक्की पुल आवश्यक परेपनि झोलुङ्गे पुल निमार्ण गर्न लागिएको हो । त्यैपनि अढाइ वर्षमा पनि कछुवाकाे गतिमा चलिरहेकाे छ ।
#PRD801028 #PardarshiOnline