माडी नगरपालिकाको आर्थिक वर्ष २०७९/८० मा सञ्चालित कृषि विकास कार्यक्रमहरुबाट दुई जनाले २० लाख अनुदान पाएका छन् ।
माडी-४ खैरहनि स्थित एग्रो नाइन कम्पनी प्रा.लि. का लेखक बहादुर क्षेत्रीले बिउ प्रशोधन सामग्रि खरिद अन्तरगत २० लाख अनुदान सम्झाैता मध्ये रू. १९ लाख ५५ हजार १९५ प्राप्त गर्नुभएको हो । त्यस्तै माडी-१ लक्ष्मुनियामा सूर्यमुखि खेति सञ्चालन गर्दै आउनुभएकि विमला आचार्य दाहालले अर्गानिक खेति प्रवर्दन कार्यक्रम अन्तरगत सूर्यमुखि खेती विस्तारकाे लागि २० लाख अनुदान सम्झाैता मध्ये १४ लाख ४७ हजार ४६५ रकम पाउनुभएकाे हाे ।
माडीमा, यसबाहेक १० लाख देखि माथि अनुदान रकम पाउने ७ जना रहेका छन् । माडी-१ लक्ष्मुनिया स्थित साेमेश्वर माैरीपालक कृषक समूहका विकास ढकालले १५ लाख, माडी-१ स्थित प्रेरणा कृषक समुहका शिव शर्माले १४ लाख ७५ हजार, माडी-५ राधापुर स्थित जागरण कृषक समूहका टुकनारायण पाैडेल र साेमेश्वर माैरीपालक कृषक समुहका हेमकला उपाध्यायले १२/१२ लाख, माडी-६ स्थित श्री त्रिपुरेश्वर कृषक समुहका विश्नु प्रसाद चपाईले १० लाख २० हजार, माडी-१ गर्दि महिला साना कि. कृषि स.सं.लि र विहानी कृषक समूहका लेखनाथ भुषालले १०/१० लाख विभिन्न कार्यक्रम अन्तरगत अनुदान रकम पाउनुभएकाे हाे ।
त्यस्तैगरि यसबाहेक ५ लाखदेखि माथि १० जनाले अनुदान रकम प्राप्त गर्नुभएकाे माडी नगरपालिकाले सार्वजनिक गरेकाे लाभग्राहिकाे विवरणमा उल्लेख गरिएकाे छ । (#PRD801128)