मकै बालीमा उत्पादन घट्नुको प्रमुख कारणमा डाँठ कुहिने, पात डढ्ने, बोटमा नै मकैको घोंगामा किरा लाग्ने आदि समस्याहरु देखिने गरेकाे बालीरोग विशेषज्ञ कृषि बैज्ञानिक सुकबहादुर गुरुङले जानकारी दिनुभयो ।
चितवन धानसंगै मकै खेतीका लागि समेत उपयुक्त मानिन्छ । तराई क्षेत्रमा हिउँददेखि मकै लगाउन सुरु गरिन्छ । मकैका लागि सिंचाइ र हल्का तथा दोमट माटो उपयुक्त हुने उहाँले बताउनुभयाे । उहाँका अनुसार, कृषि आधुनिकीकरण र यान्त्रिककरणमा जोड दिएर समयमा नै मल बीउबिजनको उपलब्ध गराउन सकेमा कृषिमा फड्को मार्न सकिन्छ ।
भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिका मकैखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।
अघिल्लो बर्ष जिल्लामा २६ हजार चार सय ७४ मेट्रिकटन मकै उत्पादन हुँदै आएको थियो । यो वर्ष उत्पादन १८ हजार पाँच सय ३१ मेट्रिक टनमा सीमित हुने केन्द्रको अनुमान छ ।