चितवन राष्ट्रिय निकुञ्ज भित्र बैकल्पिक केबुल विछ्याउने कार्य अन्तरगत रोकिएको पुरक वातावरणीय प्रभाव मुल्यांकन (इ.आइ.ए) को सम्पुर्ण कामको लिखित सहमति एक हप्ताभित्र दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको २४ दिन बितिसक्दा समेत औपचारिक पत्र अझै प्राप्त भएकाे छैन ।
Advertisement
पुरक इ.आइ.ए. काे लागि विभिन्न विभागमा राय सुझाव लगायतका कागजि प्रकृयागत आश्वासन पत्रका दर्ता र चलानी. नम्बर बाहेक माडीबासिले भाैतिक काम देख्न पाउने अझै निश्चित भएकाे छैन ।
माडीको नगरप्रमुख, उपप्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि सहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको एक प्रतिनिधिमण्डलसंगको भेटमा गत बैशाख ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरक इ.आइ.ए को एक हप्ताभित्र लिखित सहमती दिन बैठकबाटै सो निर्देशन दिनुभएको थियाे । #PRD810131