माडीको गोपालनगरस्थित माछापाेखरीमा अक्सिजन अभावले पाेखरिका माछा मर्न थालेका छन् ।
माछा पकेट क्षेत्रको रुपमा रहेको माडी नगरपालिका–७ स्थित गोपालनगरका किसानको माछा पोखरी क्षेत्रमा विधुतिकरण हुन नसक्दा अक्सिजनको कमि भइ माछा मरेको माछा पालक किसान हरी रानाभाटले बताउनुभयो ।
यता नेपाल विधुत प्राधिकरण माडी प्रशाखाले सो क्षेत्रमा विधुतिकरण जटिल रहेको बताउँदै आएको उहाँले बताउनुभयो । अक्सिजनको अभावले किसानले वर्षेनी करीब ३ करोड बराबरको माछा खाल्डोमा पुर्न बाध्य भएको रानाभाटले बताउनुभयो ।
वि.सं. २०४० सालबाट माछापालन सुरू भएकाे गोपालनगरमा ८५ घरमध्ये झण्डै ७५ घरले व्यवसायीक रूपले माछापालन गरिरहेका छन् ।
स्वदेशमै आत्मनिर्भर बन्न किसानले गरेको माछापालन व्यवसायलाई प्रोत्साहन हुनेगरि विधुतिकरण गर्न पहल नगरे माडी नगरपालिका परिसरमा मरेका माछा ल्याएर फाल्न बाध्य हुने किसानहरुले बताएका छन् ।