माडी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कर्मचारीहरुको चरम लापरबाही भएको भेटिएको छ ।
सामुदायिक रेडीयो माडीले गरेको स्थलगत रिपोर्टिङको क्रममा आइतबार साँझ ६ बजे नगर कार्यपालिकाको कार्यालयमा अधिकांश कोठाहरु खुल्लै छोडी महत्वपुर्ण एवं गोप्य कागजपत्र, संम्बेदशील अभिलेखहरु चोरी, चुहावट हुन सक्नेगरि कार्यकक्ष बन्द नगरि गैरजिम्मेवारी ढंगले कर्मचारीहरु बाहिरीएको र कार्यालयमा ए.सी., बत्ती जस्ता उपकरणहरु समेत खुृल्लै छोडेर हिंडेको भेटिएको हो ।
ए.सी. १६ डिग्रिमा खोलेर कार्यकक्ष बन्द नगरि हिंड्नेमा शिक्षा शाखा प्रमखु सुनीता खतिवडा, स्वास्थ्य शाखा प्रमुख राममणी घिमिरे रहेका छन् । त्यस्तै, रोजगार संयोजक यमुना ढकाल, प्राविधिक शाखा प्रमुख युवराज महतो, स्वास्थ्य शाखा प्रमुख राममणी घिमिरेले लापरबाही ढङगले कार्यकक्ष खुल्लै छोडेर हिडेँका हुन् ।
माडी नगरपालिकामा यसअघि पनि कार्यालय समय सकिएपछि गेट खुल्ला छोड्ने गरेको, जनप्रतिनिधि तथा कर्मचारीहरुको कार्यकक्षमा ए.सी., पंखा, बत्ती जस्ता उपकरणहरु खुल्लै छोड्ने गरेको स्थानियले बताएका छन् । #PRD810326