होटल व्यवसायी संघ चितवनका संस्थापक महासचिव सुरज सापकोटाले स्वदेशमा अझैपनि ढुक्क भएर व्यवसाय संचालन गर्ने वातावरण नबनेको बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै सापकोटाले पछिल्लो समय व्यवसायीक क्षेत्र निकै ठूलो चुनौतीपूर्ण बनेको बताउनुभएको हो ।
अहिलेपनि विभिन्न संघ संस्थामा आबद्ध रहँदै आउनुभएका सापकोटा बिगतमा केही बर्ष अस्ट्रेलिया बसेर आँफूले सिकेको सीप र ज्ञानलाई स्वदेशमा नै प्रयोग गर्नुपर्छ भन्ने उदेश्यले आँफू स्वदेश फर्किएको बताउनुभयो ।
युवाहरुको सीप र क्षमताको कदर हुन नसक्दा आँफू जस्ता युवाहरु स्वदेशमा नै बसेर काम गर्न नसक्ने अवस्था भएकाले यसको निकासमा तत्काल राज्यले ठोस निर्णय चाल्नुपर्ने सापकोटाको सुझाव थियो ।
बढ्दो महङ्गी, चर्को बैंकको लोन, व्यवसायमा घाटा आदि हुँदा व्यवसायीहरु डिप्रेशनको सिकारमा पुगेको उल्लेख गर्दै सापकोटाले राज्यले व्यवसाय सम्बन्धि नयाँ नीति बनाउनुपर्ने बताउनुभयो ।
निकै लामो समयदेखि दुग्ध व्यवसायी र केरा व्यवसायीहरुले विमाको भुक्तानी अझै पाउन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । राज्यका निकाय गैरजिम्मेवारी बनिदिदा किसानहरुले दुख पाएको बताउनुभयो ।
भरतपुर, नारायणगढ, गोन्द्राङ सडक खण्डको सुधार नगरी भरतपुर भ्रमण बर्ष मनाउनु न्यानोचित नभएको तर्क गर्नुभयो ।