भरतपुर २ मा गठित नेकपा एमालेको वडा कमिटीको पहिलो बैठक शनिबार सम्पन्न भएको छ ।
नव निर्वाचित वडा कमिटीले पार्टीको नीति बिधान अनुरुप विभिन्न योजनाका बारेमा काम गर्नेगरी छलफललाई अगाडि बढाएको हो ।
नेकपा एमाले भरतपुर २ का वडा कमिटीका अध्यक्ष बेलपत्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य एवं चितवन क्षेत्र नं. २ का इन्चार्ज कृष्णभक्त पोख्रेलको समेत प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेता पोख्रेलले पार्टीलाई सरल र सुदृढीकरण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । मिसन ८४ को लक्ष्य प्राप्तिका लागि पार्टी र संगठनमा भएका समस्यालाई हटाउदै सबैलाई समेट्नेगरी संगठन निर्माणमा जोडदिन आव्हान गर्नुभयो ।
कार्यक्रममा जिल्ला सदस्य एवं वडा सहइन्चार्ज धनकुमारी बि.क जिल्ला सदस्य कृष्ण के.सी. पूर्व जिल्ला सदस्य एवं पूर्व वडा जनप्रतिनिधि पुर्ण बहादुर श्रेष्ट लगायतका विभिन्न जनवर्गीय सगंठनका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
जनतासंग एमालेको सम्बन्धलाई प्रत्येक टोलटोलमा र वडा नगरमा पुराएर स्थापित गर्न सकिएको खण्डमा मात्र पार्टी बलियो र मजबुत हुने भएकाले नवगठित वडा कमिटीले सो बैठकको आह्वान गरेको कमिटीका उपसचिब सुरज सापकोटाले जानकारी दिनुभयो ।
आगामी दिनहरूमापनि पार्टीका नियमित बैठकलाई पूर्णता दिनेगरी छलफलबाट आएका निर्णयलाई लागू गराउने उहाँको भनाइ छ ।