विशेष अदालतबाट दोषी ठहर भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएकाे १० रोपनी १४ आना जग्गा दानमा नेकपा एमालेकाे केन्द्रीय कार्यालय बन्ने भएकाे छ ।
Advertisement
दशैंको महाअष्टमीको दिन कीर्तिपुर मैत्रीनगरको जग्गामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मीनबहादुर र उनकी पत्नी सावित्री घलेले भवनको संयुक्त रूपमा शिलान्यास गरेका हुन् । त्यस्तै, गुरूङ्गले आगामी दशैंमा हस्तान्तरण गरिदिने गरी त्यही जग्गामा एमाले मुख्यालय रहने ‘मदन भण्डारी स्मृति भवन’ बनाइदिने समेत घोषणा गरेका छन् ।
एमालेलाई जग्गा दिएका र भवन बनाइदिने घोषणा गरेका व्यवसायी मीनबहादुर गुरूङ्ग सरकारको नजरमा एक ‘अभियुक्त’ हुन् । उनीविरुद्धका दुई फौजदारी मुद्दा विभिन्न तहको अदालतमा विचाराधीन छन् । ती दुईबाहेक सबैभन्दा पुरानो मुद्दामा उनी भ्याट छलेको आरोपमा दोषी ठहर भएका छन् ।