माडी-७ मोटेचोक देखि राइटोल जाने बाटोमा गुणस्तरहिन कालोपत्रे गरेको भन्दै स्थानियले आवाज उठाएको ६ महिना पश्चात पुनः त्यहि निमार्ण कम्पनीले रातारात गुणस्तरहिन कालोपत्रे गरेको आवाज उठेको छ ।
बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि. ले माडी-७ मोटेचोकमा गरेको कालोपत्रे गुणस्तरहिन भएको आवाज उठेको ६ महिनामै माडी-३ को गुल्मेलि टोलमा शुक्रबार रातारात कालोपत्रे गरेकाे छ ।
शुक्रबार रातारात कालोपत्रे गरिएको र कालोपत्रे गुणस्तरहिन भएको भन्दै रोक्न खोज्दा स्थानिय र वडाध्यक्षलाई समेत अटेरी गरेको गुल्मेलि टोलबासिले आक्रोस व्यक्त गरेका छन् । आँफुहरुको अनुरोध अटेरी गर्दै गुणस्तरहिन कालोपत्रे गरेको भन्दै स्थानियले शनिबार दिउसो माडीका सञ्चारकर्मीहरुलाई खबर गरेका थिए ।
यता, माडी नगरपालिका-३ स्थित गुल्मेलि टोलमा मध्यरातमा गरिएको करिब २०० मिटर कालोपत्रेको केहि स्थानमा उक्किएको ठाउँमा र बाँकि रहेको काम दुइ दिन भित्र स्थानियको चित्तबुझ्दो तरिकाले सम्पन्न गर्ने निमार्ण कम्पनीले प्रतिबद्धता जनाएको छ ।
गुल्मेलि टोलमा गएराती गरिएको काम पुर्ण रुपमा नसकिएको भन्दै निमार्णको जिम्मा पाएको बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि. का प्रमुख राजु सडौलाले गुल्मेलि टोलको कालोपत्रे काम दुइ दिनभित्र स्थानियको चित्तबुझ्दो ढङ्गले सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सघन सहरी तथा भवन निमार्ण आयोजनाबाट विनियोजित १६ करोड बजेटबाट बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि. ले गुल्मेलि टोलको २०० मिटरसंगै, माडीको ढिकुरबारीमा कजवे सहित ८४० मिटर, माडी-१ सेरुवामा ८०० मिटर, माडी-७ मोटेचोक देखि राइटाेल जाने बाटो लगायतको स्थानमा कालोपत्रेको जिम्मा पाएको हाे । माडीको बाँदरमुढेमा पार्क र माडी-२ मध्य सितलपुरको अलपत्र शहिदपार्क लगायतका स्थानहरुमा समेत जिम्मा लिएको छ ।
पारदर्शी अनलाइन माडी #PPU810801