गत मंसिर १ गते माडी-३ काे गुल्मेलि टाेलमा कालाेपत्रे गुणस्तरहिन भएकाे भन्दै आवाज उठाएकाे सडकखण्डमा निर्माण कम्पनी पक्षले कालाेपत्रे मर्मत गरिदिएकाे छ ।
Advertisement
बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि. का प्रमुख राजु सडाैला, सघन सहरी तथा भवन निमार्ण आयोजनाका इन्जिनियर,माडी-३ का वडाध्यक्ष पुरन महताे र गुल्मेलि टाेलबासि सहितकाे उपस्थितिमा माडी-३ गुल्मेलि टाेलकाे उक्किएकाे ठाउँमा कालाेपत्रे मर्मत गरिएकाे हाे ।
गुल्मेलि टोलमा कार्तिक ३० गते मध्यरातमा गरिएको करिब २०० मिटर कालोपत्रेकाे उक्किएको केही ठाउँ स्थानियकाे चित्तबुझ्दो तरिकाले सम्पन्न गर्ने निमार्ण कम्पनीका प्रमुख राजु सडाैलाले प्रतिबद्धता जनाउनुभएअनुसार साे काम सम्पन्न भएकाे हाे । #PRD810804 पारदर्शी अनलाइन डटकम