नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी बिकासमन्त्री प्रकाशमान सिंहले प्रतिशोधको राजनीति नभई वर्तमान सरकार सहकारी पीडितलाई न्यायदिन सतिसालझैं उभिएको बताउनुभएको छ ।
सौराहामा आजदेखि सुरु भएको हात्ती महोत्सवलाई उद्घाटन गर्न चितवन आउनुभएका नेता सिंहले भरतपुर बिमानस्थलमा पत्रकारले राखेको प्रश्नमा यस्तो प्रतिक्रिया दिनुभएको हो ।
सरकारले भ्रष्टाचार र बेथितिमा जोसुकै भएपनि नछाड्ने अडानसहित कानुनभन्दा माथी कोहीपनि नभएको अभिव्यक्ति दिनुभयो । अहिलेको वर्तमान सरकार देश र जनताको हितमा भएको भन्दै उहाँले कसैले टिकाटिप्पणी गर्दैमा नढल्ने बताउनुभयो ।
अर्को फरक प्रसङ्गमा उहाँले चितवन पर्यटकिय क्षेत्रको प्रमुख आधार भएको जिकिर गर्दै सौराहालाई पर्यटनको हबको रूपमा बिकाश गर्न सकिने धारणा राख्नुभयो । मेला महोत्सवले पर्यटन र आर्थिक उन्नयनमा थप टेवा पुग्ने उहाँको आशय थियो ।