Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

चितवनका दुई हात्ती कतार पठाइँदै

आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

लोकप्रिय समाचार

  • १. यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

  • २. प्रधानमन्त्री ओलीले आज संसद्‌मा विशेष सम्बोधन गर्ने

  • ३. लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

  • ४. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ५. चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

  • ६. नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

  • ७. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • ८. दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

  • ९. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

  • १०. आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

कोटीहोममा ४० युनिट रगत संकलन


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ ।

    Advertisement

    नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

    कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी छ ।

    शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएका छन् । कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनसँगै आर्थिक संकलनमा पनि वृद्धि भएको छ । शनिबार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच, म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेको बताइन्छ ।

    कार्यक्रममा कलश यात्रामा सहभागी विभिन्न आमा समूहलाई सम्मान गरिएको छ । सो अवसरमा लोक दोहोरी गायक राजन कार्कीले गीत प्रस्तुत गरेर भक्तजनलाई नचाए । बिहान ८ बजेर ५ मिनेटमा हवन कुण्डमा हवन गरिएको थियो । हवन कार्य जेठ २६ गतेसम्म चल्ने प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए ।

    एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।

    कोटीहोममा पोखराका शिक्षासेवी पम्फा गुरुङ, पोखरा महानगरपालिका शिक्षा महाशाका सदस्य तारा पौडेललगायत सहभागी थिए । खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गर्ने संयोजक प्रजापति पराजुलीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ ।

    प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ ।

    वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा हाल अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले १४ दिन श्रीमद्भागवत कथा वाचनसँगै बिदाई गरिएको छ ।

    उनलाई कोटीहोममा पुनः ल्याउने प्रयास भइरहेको बताइन्छ । शुक्रबारदेखि नै व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिरहेका छन् । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

      आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न
      मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया
      आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग
      लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा
      गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
      नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      लोकप्रिय

      • १.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • २.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ३.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ४.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ५.
        पोल्यान्डका नेपालीलाई विद्युतीय राहदानी वितरण

      • ६.
        पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

      भर्खरै

      • १.
        चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

      • २.
        मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

      • ३.
        आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

      • ४.
        लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

      • ५.
        गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

      • ६.
        नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      • ७.
        चितवनका दुई हात्ती कतार पठाइँदै

      • ८.
        आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.