• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

उपचारका लागि गोपाल माझीले पाए सहयोग

लोकप्रिय समाचार

  • १. आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा युट्युवमा आएका समाचारको खण्डन

  • २. “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

  • ३. माडीकाे शनि मन्दिरमा भाेलि अस्मिता डल्लाकाेटिकाे प्रस्तुति रहने

  • ४. साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

  • ५. उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

  • ६. उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

  • ७. उपचारका लागि गोपाल माझीले पाए सहयोग

  • ८. वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

  • ९. भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

  • १०. गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

सडक मापदण्ड भित्र परेका विद्युत् पोल एक साताभित्र हटाइँदै


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ ।

    Advertisement

    राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् ।

    राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाई हुँदा योजनाको काम प्रभावित भएको छ । विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँबरले बताउनुभयो ।

    उहाँका अनुसार विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटसमेत यसका बारेमा चासो व्यक्त गरिएको र समाधानका लागि सहजीकरण भएको छ ।

    “चार लेन सडकभित्र परेका पोल प्राधिकरणले हटाउँदै गइरहेको छ । अब बाँकी रहेका पोलसमेत एक साताभित्रमा विस्थापित गरिसक्ने सहमति भएको छ । यसबाट काममा देखिएको प्रमुख समस्या समाधान हुनेछ ।” योजना प्रमुख कुँबरले भन्नुभयो ।

    योजनाका अनुसार कास्की खण्डस्थित चार लेन सडकभित्र पर्ने सैनिकबस्ती–विश्वविद्यालय १८ र आदर्शचोक–तालचोकका ४९ गरी ६७ पोलका कारण यस क्षेत्रमा काम अघि बढाउन समस्या भएको छ ।
    यसैगरी डाँडाको नाकदेखि विजयपुरसम्म ९० वटा पोल नालीमा परेका छन् । मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म ४१ किमी रहेको छ । यस खण्डमा हालसम्म एकतर्फी ३५ किमी सात सय मिटरमा प्रथम तहको कालोपत्र गर्ने कार्य सकिएको बताइन्छ । हालसम्म ५० दशमलव ३४ प्रतिशत भौतिक प्रगति भएको योजना कार्यालयले जनाएको छ ।

    “१९ किमी खण्डमा दुईतर्फी कालोपत्र (चार लेन) तथा १६ किमी खण्डमा एकतर्फी कालोपत्र९दुई लेन० को काम सकिएको छ । आगामी असार मसान्तसम्ममा सम्पूर्ण खण्डमा चार लेन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण व्यवसायी मोविलाइज गरिएको छ ।” योजना प्रमुख कुँवरले भन्नुभयो ।

    मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको म्याद गत वर्षनै सकिएपछि एक वर्ष थप गरिएको थियो । थप गरिएको समय आगामी पुस दोस्रो सातासम्म रहेको छ ।

      सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न
      “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न
      वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम
      उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
      मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
      गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      लोकप्रिय

      • १.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन

      • २.
        आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा

      • ३.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक

      • ४.
        सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५

      • ५.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ

      • ६.
        माडीका विद्यार्थी शुसाङ्क सुवेदीले पाए छात्रवृत्ति

      भर्खरै

      • १.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      • २.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

      • ३.
        वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

      • ४.
        उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

      • ५.
        मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

      • ६.
        गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      • ७.
        गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

      • ८.
        भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.