भरतपुर वडा नम्बर २४ लाई बालमैत्री वडा घोषण गरिएको छ । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर २४ लाई बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
Advertisement
बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ ।
उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताउनुभयो । अहिले वडा बालमैत्री घोषणा भएको यो अभियानको सुरुवात भएको उल्लेख गर्नुभयो ।