सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कार्यक्रममा अर्घाखाँची उधोग वाणिज्य संघका महासचिव सन्तोष बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
सेवा र बिकासका लागि युवाका केन्द्रिय संयोजक प्रकाश शर्मा,विद्यार्थी परिषद् पुर्व केन्द्रिय सदस्य नन्दराम भट्टराई ,चन्द्र प्रसाद भुषाल,बिमला बेल्बासे,तेजुराम पराजुली, सेवा र बिकासका लागि युवाका पदाधिकारीहरुका साथै विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
शैक्षिक सामाग्री वितरण श्री जनज्योति माद्यामिक विद्यालय श्री युवावर्ष रविचित्र माध्यमिक विद्यालय श्री समाज कल्याण आधारभुत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई एक कार्यक्रमको समारोहमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै अर्घाखाँची उधोग वाणिज्य संघका महासचिव सन्तोष बस्नेतले आजका विद्यार्थी नै भोलिका देशका कर्णधार भएको बताउनुभयो । उहाँले ससाना बालबालिकाहरुलाई राम्रो शिक्षा प्रदान गराउन जोड दिनुपर्ने धारणा राख्नुभयो ।