• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

भरतपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशतः लक्ष्यको ८३ प्रतिशत राजस्व सङ्कलन


  •   शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित
  • भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी दुवै बढाएको छ । पुँजीगत खर्च र राजस्व सङ्कलन दुवै बढेको हो ।

    Advertisement

    महानगरपालिकाले गत आवमा रु एक अर्ब ३६ करोड ६८ लाख ६१ हजार राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आवको भन्दा रु पाँच करोड ७६ लाख ९६ हजार बढी हो ।

    महानगरपालिकाका राजस्व महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार लक्ष्यको ८३ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

    कार्यालयले रु एक अर्ब ८० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिँदा मालपोत कार्यालयबाट रु ७८ करोड राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ५२ करोडमात्र सङ्कलन भएको हो । यस्तै ढुङ्गा, गिट्टी, बालुवाको वातावरणीय प्रभाव मूल्याङ्कन ढिला हुँदा राजस्वमा केही कमी आएको हो ।

    अर्यालले सम्पत्ति कर लक्ष्यभन्दा दोब्बर उठेको बताउनुभयो । रु आठ करोड ७८ लाख लक्ष्य रहेकामा रु १५ करोड ८० लाख राजस्व सङ्कलन भएको छ ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले व्यवसाय बन्द भएका कारण ती क्षेत्रको राजस्व घटेको र घर बन्ने क्रम घटेकाले नक्सापास कम भएको बताउनुभयो ।

    सिफारिस र दस्तुर शुल्क किन घट्यो खोजी भइरहेको उहाँले बताउनुभयो । सम्पत्ति करको दायरामा महानगरवासी आएकाले लक्ष्यको दोब्बर बढेको उहाँ बताउनुहुन्छ ।

    त्यसैगरी, खर्च अघिल्लो आवको तुलनामा करिब १२ प्रतिशत बढाउन सकिएको उहाँले बताउनुभयो । पुँजीगत खर्च रु एक अर्ब ६८ करोड १५ लाख २३ हजार भएको छ । यो लक्ष्यको ६१ दशमलब ७१ प्रतिशत हो । अघिल्लो आवमा ५० दशमलव ४३ प्रतिशतमात्र पुँजीगत खर्च भएको थियो । त्यस वर्ष रु एक अर्ब ८६ करोड ७७ लाख ४७ हजार खर्च भएको थियो ।

    पौडेलका अनुसार सङ्घ र प्रदेशबाट प्रशासनिक भवन र रङ्गशालालाई प्राप्त बजेटलाई पुँजीगत खर्चमा समावेश गरिएको छैन । यसलाई समेत समावेश गर्दा ७० प्रतिशत प्रगति हुन आउने पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले गत आवको सुरुआतदेखि नै गरेको निरन्तरको मेहेनतका कारण पुँजीगत खर्च बढेको हो । तर अझै हामी सन्तुष्ट छैनौं ।”

    महानगरपालिकाका कार्यवहाक नगरप्रमुख चित्रसेन अधिकारीले समयमा नै प्राविधिकहरूलाई कार्यक्षेत्र बाँटफाँट गरी लागत अनुमान तयार गरेर पेस गर्न निर्देशन दिइएका कारण काम समयमा हुनसकेको बताउनुभयो । खरिद प्रक्रिया समयमा गर्ने, नगरप्रमुख, आफू र प्रमुख प्रशासकीय अधिकृतले नियमित अनुगमन र आवश्यक निर्देशन दिनेलगायतका कारण पुँजीगत खर्च बढाउन सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जे गरिएको छ, राम्रो भएको छ, अझै पुगेको छैन ।”

    मालपोतको रजिष्टे«सनमा कमी आएको, नदीजन्य पदार्थको समयमा बोलकबोलको काम गर्न नसकेको र घरबहाल कर लक्ष्यअनुसार उठाउन नसकेका कारण राजस्व बढेर पनि लक्ष्यमा पुर्याउन नसकेको बताउनुभयो । आर्थिक मन्दीका कारण पनि राजस्वमा कमी आएको हो ।

      शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
      कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा
      सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य
      क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • २.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ३.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ४.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      • ५.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • ६.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ७.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • ८.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.