सामुदायिक सेवाकेन्द्र नारायणगढले गाँजा तथा लागुपदार्थको वोट फडानी गरेको छ ।
शनिबार भरतपुर महानगरपालिका वडा नं. २ स्थित जलमा रोड टोलबिकास सस्थाको सेरोफेरोमा रहेका गाँजा (लागुपदार्थ)को बोट फडानी तथा सरसफाई गरिएको हो ।
सामुदायिक सेवाकेन्द्र नारायणगढ नारायणका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रगतिपथ टोल बिकास सस्थाका अध्यक्ष सुरज सापकोटाको समेत उपस्थिति थियो ।
त्यस्तै सामाजिक अभियान्ता एवं सामुदायिक सेवाकेन्द्र नारायणगढ लागू औषध दुरब्यसनि रोकथाम समिति संयोजक सदस्य, छबिलाल सापकोटा पूर्व जलमा रोड टोल बिकास संस्थाका अध्यक्ष, जिल्ला प्रहरी कार्यालय प्रहरी नायब निरीक्षक,वडा प्रहरी कार्यालय प्रहरी साहायक निरीक्षक,प्रहरी हवल्दार प्रहरी जवान नागरिक समुदाय,टोलबासी एवं सामुदायिक सेवा केन्दका सदस्यको अगुवाईमा अनधिकृत रूपमा लगाइएका गाँजा फडानी गरिएको हो ।
