भरतपुरमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कप २०८२ को प्रथम संस्करण हुने भएको छ ।
Advertisement
राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा सो खेल हुन लागेको हो ।
भरतपुर ७ स्थित कृष्णपुर खेलमैदानमा यही साउन १६ गतेदेखि २३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । खेल बेलुका ४ बजेदेखि सुरु हुनेछ ।
प्रथम पुरस्कार रु १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार रु ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सागर बमजनले जानकारी दिनुभयो ।
उहाँका अनुसार, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई रु. ३ हजारका दरले नगद सहित (किपर, डिफेन्डर, स्ट्राइकर) लाई ट्र्फीको व्यवस्था र सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ६ हजार सहित ट्रफीको व्यवस्था समेत गरिएको छ ।
