चितवनमा व्यावसायिक रुपमा लगाइएको केरा खेतीमा ‘सिगाटोगा’ रोग देखा परेको छ ।
Advertisement
चितवनको केराखेतीमा देखिएको यस रोगका कारण यहाँका किसानहरु चिन्तित भएका छन्।कालिका नगरपालिका–३ का नेत्रराज जैसीले ४० बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती गर्दै आउनुभएको छ ।
विगत लामो समयदेखि व्यावसायिकरुपमा केराखेती गर्दै आउनुभएका जैसी यतिखेर केरामा ‘सिगाटोगा’ रोग देखिएपछि चिन्तित हुनुभएको छ । “विगतमा मालभोग जातको केरा लगाएको थिएँ । त्यसमा पानामा रोग देखिएपछि चार वर्ष अघिदेखि जी–नाइन जातको हरियो केरा लगाउन थाले” उहाँले भन्नुभयो,
“यसमा पनि गत वर्षदेखि पात सुक्ने, कोशा फुट्ने, गुदी नपस्दै पाक्ने समस्या देखिएको छ ।”यस रोगका कारण पछिल्लो दुई दिनमा मात्रै छ सय घारी केरा त्यतिकै फाल्नुपरेको भन्दै उहाँले अझै पुरै केरा बगान घुमेर हेर्न बाँकी रहेको बताउनुभयो ।