एजुकेशन फर लाइफ (नर्वे) संस्थाले भरतपुरका २ माडीका ३ वटा विद्यालयहरूमा अध्ययनका लागि अति उपयाेगि पुस्तक हस्तान्तरण गरेकाे छ ।
Advertisement
Supporting Library Project अन्तर्गत उक्त संस्थाले माडीकाे दिवाकर स्मृति मा.वि., जनकल्याण मा.वि. र माडी-५ ब्रह्मपुरीकाे ब्रह्मज्याेति आधारभुत विद्यालयमा उपयाेगि वितरण गरेकाे हाे ।
विद्यार्थीहरूकाे पठन संस्कृति विकास गर्ने उद्देश्यले गतवर्ष माडीका पाँचवटा विद्यालयहरुमा पुस्तक सहयोग सहयाेग गरेकाे संस्थाले यसवर्ष भरतपुर महानगरपालिकामा २ वटा र माडीमा ३ वटा विद्यालयहरूमा पुस्ताकालयकाे लागि पुस्तक वितरण गरिएकाे परियाेजनाकाे समन्वयकर्ता विनाेद अधिकारीले बताउनुभयाे ।
एजुकेशन फर लाइफ (नर्वे) का नेपाल प्रतिनिधि कृष्ण पाेख्रेलकाे प्रमुख आतिथ्यमा उक्त विद्यालयमा एक कार्यक्रमका बिच पुस्तक हस्तान्तरण गरिएकाे हाे । #PRD820427