नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अबसरमा सरिता इभेन्टले बृहत तीज गीत साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गर्ने भएको छ ।
Advertisement
सदाका बर्ष झैं यस बर्षपनि इभेन्टले भदौ १० गते सो कार्यक्रम गर्न लागेको हो ।
भरतपुर महानगरपालिक २६ वडा कार्यालयको समन्वय र ज्योतिनगर बजार व्यवस्थापन समितिको सहआयोजनामा हुने कार्यक्रम भरतपुर -२६ ज्योतिनगर हाट बजार परिसरमा हुने सरिता इभेन्टकी संचालक सरिता आचार्यले जानकारी दिनुभयो ।
दिउँसो -१ बजेबाट सुरु हुने बृहत साँस्कृतिक कार्यक्रममा कलाकारहरु चन्दा अर्याल, रमेश श्रेष्ठ (मेलोडी) अनिल सुनार, सुमन रोक्का, सोनिका क्षेत्री, गोबिन्द सापकोटा, भुमिराज रेग्मी, आरती सापकोटा लगायतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।