राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ।
Advertisement
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।
लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।