चितवनका सक्रिय पत्रकार कुल प्रसाद काफ्ले (अमित) ले नेकपा एमाले निकट प्रेस संगठन प्रेस चाैतारी नेपाल, चितवनकाे साधारण सदस्यबाट राजिनामा दिएकाे घाेषणा गर्नुभएकाे छ ।
Advertisement
पछिल्लाे समय देशमा भ्रष्टाचार र वेथितिकाे बिरूद्द जेनजी पुस्ताले गरेकाे आन्दाेलनमा नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलि नेतृत्वकाे सरकारले विद्यालय पाेशाकका किशोरीलाई र*क्ताम्य हुनेगरि गाे*लि चलाउनु क्रुर मानविय भएकाे र अर्काकाे कलिला छाेरीछाेरी मार्न नेतृत्व गर्ने नेतालाई आफ्नाे संगठनकाे प्रमुख नेता स्विकार्न नसकिने भन्दै राजिनामा दिएकाे घाेषणा गर्नुभएकाे हाे ।
विगत १ दशकदेखि पत्रकारीता क्षेत्रमा लाग्नुभएका काफ्ले चितवनपाेष्ट दैनिक पत्रिकामा कार्यरत हुनुहुन्छ भने शब्दसञ्चार डटकमका सम्पादक समेत हुनुहुन्छ ।
