चितवनको भरतपुर र नारायणगढ क्षेत्रमा कर्फु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार (आज) १२ बजेदेखि लागु हुनेगरी कर्फु आदेश गरेको हो ।
प्रशासनले भरतपुर महानगरपालिकाको केन्द्रिय वस टर्मिनल, नारायणी पुल, उत्तर तर्फ पोखरा बसपार्कदेखि विशालचोक, दक्षिण तर्फ त्रिचोक(भरतपुर विमानस्थल पछाडी)को क्षेत्रलाई आधार बनाएर कर्फु जारी गरिएको हो ।
यी क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, पदर्शन, सभा, बैठक, घेराउ, गर्न नपाउने गरी कर्फु आदेश गरिएको हो । साथै कर्फुको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मावन अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजिकरण गरिने छ ।
