राष्ट्रपतिनिवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानान्यायाधीश सुशीला कार्की र जेन–जीका समूहबिच निर्णायक वार्ता सुरु भएको छ।
Advertisement
वार्तामा जेन–जी समूहबाट सुदन गुरुङ, पुरुषोत्तम यादवल गायत सहभागी रहेको जेन–जी समूहका सदस्य रोनिष प्रधानले जानकारी दिए। उनका अनुसार जेन–जी समूहबाट १० जनाको टिम छलफलमा पुगेको छ।
उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा आजै नियुक्ति गर्नुपर्ने र त्यसअघि संसद् विघटन गर्नुपर्ने माग राखेका छन् । तर, राष्ट्रपति पौडेल भने संसद् विघटन गर्ने पक्षमा छैनन् । उनले संसद् विघटन नगरी सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने पक्षमा छन् ।

