भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजन गरिने भएको छ ।
लक्ष्मी पूजा तथा गोवद्र्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिने भएको हो ।
विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा तीन दिनसम्म गौ पूजन गर्न लागिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । लक्ष्मी पूजा, गाई पूजा र गोवद्र्धन पुजाको दिन क्रमशः कार्तिक ३, ४ र ५ गते सामूहिक पुजन हुनेछ ।
वागीश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो । तीन दिनसम्म चल्ने गौ पुजाको उद्घाटन नेपाल सन्त समाजका महासचिव एवम् नेपाल संीकृत विश्वविद्यालयका प्राध्यापवक डा गुरु प्रसाद सृुवेदीले गर्नुहुनेछ ।
सो अवसरमा वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने अध्यक्ष अशोक पोखरेल शर्माले जानकारी दिए । यहाँ सामूहिक गौ पूजासँगै गोबद्र्धनको पर्वत बनाएर पूजा गरिन्छ । प्रत्येक वर्ष गाई र गोवद्र्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ । धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई पूजामा आउन आउन आह्वान गरिएको छ ।
पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार गाई पाल्नका लागि मासिक पाँच लाख खर्च हुने गरेको छ ।
योगी नरहरीनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात वटा गाई लिएर आएका र त्यो सख्या बढेर अहिले दुई सय पुगेका छन् । यहाँ सबै स्थानीय जातका मात्रै गाई पालिएको छ ।