चितवनको सौराहामा करिब १ अर्ब ७५ करोड रुपैयाँ लगानीमा निर्माण भएको पाँचतारे होटल ‘रोयल टुलिप’ सञ्चालनमा आएको छ ।
Advertisement
केटीएम हस्पिटालिटी ग्रुपको लगानी र फ्रान्सेली लुभ्र होटल्स ग्रुपको सहकार्यमा बनेको यो चितवनकै पहिलो अन्तर्राष्ट्रिय चेन पाँचतारे होटल हो।
करिब ३ वर्षमा बनेको होटलले स्थानीय रोजगारीलाई प्राथमिकता दिँदै हाल ९४ जनालाई रोजगार दिएको छ। हेरिटेज–बुटिक शैलीमा बनेको रिसोर्टमा बैंक्वेट हल, सुइट रुम, प्राइभेट स्वीमिङ पुल, स्पा, हेल्थ क्लब, रुफटप रेस्टुरेन्ट, फिसिङ–बोटिङसहितको कृत्रिम पोखरी जस्ता सुविधाहरू छन्।
पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष रामेश्वर साहले गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय मापदण्डका सुविधाले चितवनमा उच्चस्तरीय पर्यटक तान्ने बताए।

