विवाह पञ्चमीको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा आयोजित बृहत् खुला रत्यौली प्रतियोगिता सम्पन्न भएको छ।
Advertisement
माडी नगरपालिका प्रज्ञा प्रतिष्ठान र अयोध्याधाम व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा राम जन्मभूमि महिला समूहले पहिलो स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगितामा सूर्यमुखी महिला समूह दोस्रो, शितलपुर महिला समूह तेस्रो र जनचेतना महिला समूहले सान्त्वना स्थान हात पारेको छ ।
पुरस्कार राशिअनुसार प्रथम समूहलाई रु. १० हजार, दोस्रोलाई रु. ७ हजार, तेस्रोलाई रु. ५ हजार र सान्त्वना हुने समूहलाई रु. ३ हजार प्रदान गरिएको आयोजकले जनाएको छ।
यो वर्ष प्रतियोगितामा १६ समूहले नाम दर्ता गराए पनि १३ समूह मात्र सहभागी भएका थिए।
#PRD0820809

