भरतपुर महानगरपालिकाले दुध उत्पादक सहकारी संघ/संस्थासँग साझेदारीमा दुध विविधिकरणका लागि भौतिक पूर्वाधार र यन्त्र–उपकरण सहयोग कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आह्वान गरेको छ।
Advertisement
आर्थिक वर्ष २०८२/८३ अन्तर्गत बागमती प्रदेश सरकारबाट प्राप्त अनुदानमा आधारित यस कार्यक्रमको कुल बजेट ५० लाख रुपैयाँ छ।
सूचना नं. १–२०८२–२०८३ अनुसार योग्य सहकारी संघ/संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र, अर्थात् यही पुस २ गतेसम्म कार्यालय समयमा प्रस्ताव पेश गर्नुपर्ने महानगरले जनाएको छ। मापदण्ड पूरा नभएका वा म्याद नाघेका प्रस्ताव अस्वीकृत हुनेछन्।
