नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा संघर्ष समितिले चितवन सहित माडीका औषधी पसलहरु बन्द गरेका छन् ।
Advertisement
औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजको माग गर्दै उनीहरूले आज ११ बजेदेखि १ बजेसम्म सम्पुर्ण औषधी पसलहरु बन्द गरेका हुन् ।
संघर्ष हाम्रो रहर हैन, वाध्यता हो भन्ने मुल नाराका साथ सम्पूर्ण थोक तथा खुद्रा व्यवसायीहरुलाई औषधी पसलहरु बन्द गरी आफ्नो हक अधिकार सुनिश्चित गर्न र गैह्र संवैधानिक एवं अव्यवहारिक कानुनका विरुद्ध लाग्न संघले सबै औषधि व्यवसायीहरुमा आह्वान गरिएको चितवन औषधी व्यवसायी संघ माडी ईकाई संयोजक गोविन्द प्रसाद नेपालले जानकारी दिनुभयो ।
#PRD0820815
