भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु भएको छ ।
‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ आज (बुधबार) बाट सुरु भएको एथ्लेटिक्स मिटको पूर्व धावक ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गर्नुभयो ।
सो क्रममा मानन्धरले खेलकुद प्रति स्कुलले खेल्दै आएको भूमिकाको प्रसंशा गर्नुभयो । उहाँले राज्य र खेलकुदका संघ संस्थाले आयोजना गर्ने भन्दा पनि व्यवस्थित खेलकुद प्रतियोगिता एउटा स्कुल गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । यस्तै खेलकुदमा उज्जवल भबिष्य रहेको भन्दै यसरी नै लगानी आववश्यक रहेको उहाँको भनाइ थियो ।
भरतपुर ५ का वडाध्यक्ष युद्ध श्रेष्ठले खेलकुद क्षेत्रको बिकासमा स्कुलको यस किसिमको महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले स्कुलले शैक्षिक कृयाकलापसहित खेलकुदलाई पनि महत्त्व दिएको भन्दै खुशी व्यक्त गर्नुभयो । स्कुलदेखि नै खेलकुदको ग्रास रुट सुरु भएको उहाँको भनाइ थियो ।

