माडी क्याम्पसले २०७३ सालमा सञ्चालन गरेको विराट धनधान्याञ्चलका लागि कबोल गरिएको बोलचन्दा आज १२ जना सहयोगीदाताबाट रु. ५ लाख २२ हजार ६ सय ७४ रुपैयाँ चेक सहित नगद रकम उठेको छ ।
सो रकम भुक्तानी गर्नेहरुमा गोविन्द नेपाल, केशवराज खनाल, चन्द्र पनेरु, देवेन्द्र पौडेल, धर्म देवकोटा, गोविन्द पौडेल, रेशमलाल आचार्य, यमनाथ आचार्य, भानेश्वर पोख्रेल, पुरन महतो, ऋषिराम काफ्ले र सहोदर्य पावे हुनुहुन्छ ।
यसैगरी जग्गादाताहरु तबिया दरै १० लाख बराबरको जग्गा यमकला पौडेल १० लाख बराबरको जग्गा र चुडामणी तिवारी लगायत तिवारी परिवारको तर्फबाट १७ लाख २० हजार बराबरको जग्गा गरि जम्मा ३७ लाख २० हजार बराबरको जग्गा क्याम्पसलाई तत्काल हस्तान्तरण गर्न तयार भएको बताएका छन् ।
आजको बैठकले अबको ३ महिनाभित्र जग्गा र बोलचन्दा तत्काल भुक्तानी गर्न चन्दादाताहरूलाई आह्वान गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टुकनारायण पौडेलले जानकारी दिनुभयो ।
#PRD0820818

