नेकपा एमालेको ११ औं महाधिवेशनका लागि दुई वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ।
Advertisement
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचनमा होमिन लागेका हुन्।
पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तयार गर्ने क्रम जारी रहेको छ। ओलीपक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिने भएका छन्।
अन्य पदाधिकारीको अन्तिम नामवली पनि तयार भइरहेको छ। स्रोतका अनुसार अन्तिम समयमा केही नाम हेरफेर पनि हुन सक्छ।

