नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।
Advertisement
तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्तालाई आन्दोलनको तयारीमा रहन निर्देशन दिए ।
उनले भने, ‘एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल भए, भौतिक आक्रमणको प्रयास, जाली झूटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । म भन्न चाहन्छु, एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ ।’ एमालेलाई छुने र जिस्काउने काम नगर्न ओलीले चेतावनी दिए ।

