पोल्याण्ड — गैर–आवासीय नेपाली संघ (NRNA) पोल्याण्ड क्षेत्रीय समिति तथा Wojewoda Łódzki को संयुक्त आयोजनामा क्रिसमस भलिबल प्रतियोगिता 2025 भव्य रूपमा सम्पन्न भएको हो ।
नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न शहरका टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो। भने प्रमुख अतिथिमा एनआरएनए पोल्यान्डका अध्यक्ष र विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरूको आतिथ्यता रहेको थियो। यस कार्यक्रममा १७ वटा टिम हरूका खेलाडीहरूले आफ्नो खेल प्रदर्शन गरेका थिए।
प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरूमध्येबाट प्रथम स्थान: THIRD EYE दोस्रो स्थान: Nepali Samaj Krakow तेस्रो स्थान: New Star Kutno ले हासिल गर्न सफल भएका छन्।
यस प्रतियोगिताको विशेष आकर्षणका रूपमा पोल्याण्डमा पहिलो पटक महिला भलिबल एनआरएन ए उजकी र नेपाल मगर सङ्घ शाखा पोल्यान्डको टोलीको सहभागिता उल्लेखनीय रह्यो। महिला खेलाडीहरूले देखाएको साहस, आत्मविश्वास, निरन्तर प्रयास र उत्कृष्ट खेल प्रदर्शनले उपस्थित सबैको मन जित्न सफल भयो। उनीहरूको सहभागिताले नेपाली समुदायमा महिला खेलकुदको उज्यालो भविष्यप्रति सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले बताएका छन्।
कार्यक्रममा समय निकालेर उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिने सम्पूर्ण दर्शक महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दर्शकहरूको उत्साह र समर्थनले प्रतियोगितालाई थप सफल र स्मरणीय बनाएको आयोजक समितिको भनाइ छ।

