सुजुकीले आफ्नो सबैभन्दा धेरै फिचर समेटिएको नयाँ प्रिमियम SUV ‘VICTORIS’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्प ले उक्त गाडी औपचारिक रूपमा लन्च गरेको हो।
नयाँ Victoris SUV मा Strong Hybrid, ALLGRIP Select (4×4) तथा १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिन गरी विभिन्न पावरट्रेन विकल्पहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यी विकल्पहरूले उच्च प्रदर्शनसँगै इन्धन दक्षता र सबै खाले सडकका लागि उपयुक्त ड्राइभिङ अनुभव प्रदान गर्ने बताइएको छ।
सुरक्षाका दृष्टिले Victoris अत्याधुनिक प्रविधिबाट सुसज्जित छ। यसमा Level–2 ADAS (Advanced Driver Assistance System) सहित विभिन्न Advanced Safety Features समावेश गरिएको छ। यही कारण गाडीले अन्तर्राष्ट्रिय स्तरको 5-Star Global NCAP Safety Rating प्राप्त गर्न सफल भएको कम्पनीको दाबी छ।
यसबाहेक, Victoris ले प्रतिष्ठित “Indian Car of the Year 2025” अवार्ड समेत जित्दै आफ्नो उत्कृष्टता अन्तर्राष्ट्रिय बजारमा पनि प्रमाणित गरिसकेको छ।
सीजी मोटोकर्पका अनुसार Victoris को लन्चिङ अफर मूल्य ५०.९९ लाख रुपैयाँ निर्धारण गरिएको छ। साथै, पहिलो ५० बुकिङ गर्ने ग्राहकहरूलाई २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्रदान गरिनेछ।
आधुनिक डिजाइन, हाइब्रिड प्रविधि, उच्च सुरक्षा मापदण्ड र शक्तिशाली 4×4 क्षमताका कारण सुजुकी Victoris ले नेपाली SUV बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।

