पर्साको वीरगञ्जमा लगाईएको कर्फ्यू हटाईएको छ । अवस्था केही सामान्य बन्दै गएपछि कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ ।
Advertisement
समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो ।पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै पर्सा प्रशासनले बिहान ९स् ४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको थियो ।
साँझ ४ः३० बजेदेखि भोलि बिहान मिति २०८२–११–१२ गते बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्ने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।
