देवघाट गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत “अध्यक्षसँग कृषि कार्यक्रम” मार्फत ५० प्रतिशत लागत सहभागितामा धानको बीउ वितरण गर्ने भएको छ।
Advertisement
गाउँपालिकाले २०८२ चैत २२ गते सूचना जारी गर्दै इच्छुक कृषक, कृषक समूह तथा कृषि सहकारीलाई ७ दिनभित्र (चैत २९ गतेसम्म) आवेदन दिन आग्रह गरेको छ।
आवेदनका लागि धानको जात र परिमाण खुलाइएको निवेदन, समूह/सहकारीका लागि सञ्चालक समितिको निर्णय तथा लागत सहभागितासम्बन्धी प्रतिबद्धता पत्र आवश्यक पर्ने जनाइएको छ। आवेदन गाउँकार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा पेश गर्न सकिनेछ।
