विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोपमा कृष्णबहादुर महरा सहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाउँदै करिब ७ करोड रुपैयाँ बिगो कायम गरेको छ।
महरासँगै सहसचिव अरुण पोखरेललाई पनि मुद्दामा समावेश गरिएको छ। पुस २०७९ मा चिनियाँ गिरोहसँग मिलेर भेपमार्फत सुन भित्र्याएर पास गराएको अभियोगमा उनीहरूमाथि कारबाही अघि बढाइएको हो।
