माडी कला केन्द्रको आयोजनामा सञ्चालन हुन लागेको तेस्रो माडी सांस्कृतिक तथा पर्यटन मेला–२०८३ को तयारी तीव्र पारिएको छ।
माडी–३ बसन्तपुर बजारस्थित चौरमा बैशाख ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने मेलाका लागि स्टेज निर्माण, स्टल व्यवस्थापन, बाल उद्यान, झुला तथा आकर्षक ‘लण्डन ब्रिज’ निर्माणको काम धमाधम भइरहेको आयोजकले जनाएको छ।
मेलामा व्यवसायिक स्टलहरू राख्न पाइनेछ भने स्थानीय व्यवसायीहरूलाई सहुलियतको व्यवस्था गरिएको छ। साथै, माडीको रीतिरिवाज झल्काउने तथा संस्कृति प्रदर्शन गर्ने स्टलहरूलाई निःशुल्क स्थान उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ।
मेलाको उद्घाटन बैशाख ३ गते झाँकी तथा शोभायात्रासहित भव्य रूपमा गरिने तयारी गरिएको छ। उद्घाटन समारोहमा माडीका विभिन्न टोल विकास संस्था, आमा समूह, क्लब तथा संघसंस्थाहरूका साथै सम्पूर्ण माडीवासीलाई उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ।
#PRD830101
