- युरोपका विभिन्न देशहरूबाट आएका प्रतिभाशाली प्रतियोगीहरूको सहभागितासहित INAS EU Regional Program 2026 का रोमाञ्चक अन्तिम प्रतिस्पर्धाहरू अब नजिकिँदै गएका छन्।
प्रतिभा, संस्कृति र एकताको अद्भुत संगम भन्ने नाराका साथ बेल्जियमको माल्डेगेमस्थित कार्यक्रमहल-मीमा आयोजना हुने यस प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमै उत्साह, ऊर्जा र प्रतिस्पर्धाको माहोल सिर्जना गर्ने आयोजकको बिश्वास छ ।
प्रतियोगितामा सहभागीहरूले आफ्नो उत्कृष्ट सीप, समर्पण र जोश प्रस्तुत गर्ने तयारी पूरा गरिसकेका छन्। नृत्य, गायनलगायत विविध प्रतिभाहरूको प्रस्तुति रहने यस कार्यक्रमलाई प्रतिभा, संस्कृति र एकताको प्रतीकात्मक उत्सवका रूपमा लिइएको आयोजकहरूले बताएका छन्।
आयोजक समितिले सबै सहभागीहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाउन दर्शकहरूको उल्लेखनीय उपस्थितिको अपेक्षा गरेको छ। दर्शकहरूलाई पनि कार्यक्रममा सहभागी भई प्रतिभाहरूलाई समर्थन, हौसला र प्रेरणा दिन आह्वान गरिएको छ।
२४–२५ अप्रिल २०२६ मा हुने यस भव्य प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय प्रतिभा आदानप्रदान, सांस्कृतिक विविधता र एकताको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
